पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु



दाङ : बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको डुबेर मृत्यु भएको हो। घोराही ८ बेलारीस्थित बबई नदीमा नुहाउन भनि साथीहरूसँग गएका पुन आइतबार बेलुका ६ बजेतिर बबई नदीमा डुबेर बेपत्ता भएका थिए।

आज बिहान सवा ११ बजेतिर मात्र उनको सव निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए। प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा खटिएको १३ जना प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा झन्डै २० मिटर गहिराइबाट पुनको शव निकालिएको हो। 

 

प्रतिक्रिया दिनुहोस्