विश्वकप क्रिकेट : बंगलादेश हराउँदै सेमिफाइनल पुग्ने भारतको लक्ष्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार (आज) उपाधि दाबेदार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल बर्मिङ्घमको एजबेस्टनमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ।

पछिल्लो खेलमा इङ्ल्याण्डसँग पराजित भएको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ। जारी विश्वकपमा भारतले पहिलो हार ब्यहोरेको थियो। भारतले ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ। एक खेल बर्षाले रद्व हुँदा अन्य खेलमा भारत जित निकाल्न सफल भएको थियो। भारतले ७ खेलबाट ११ अंक बटुलेको छ।

यता बंगलादेश भने इतिहासमै पहिलोपल्ट एकदिवशीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका दुवै खेल जित्न प्रयासरत छ। त्यसैले आजको खेलमा भारतलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जिवितै राख्न बंगलादेश मैदानमा उत्रनेछ।

सेमिफाइनलमा पुग्न बंगलादेशले दुवै खेल जितेर मात्र हुँदैन न्यूजिल्याण्डले पनि लिग चरणको आफ्नो अन्तिम खेलमा इङ्ल्याण्डलाई हराउनुपर्नेछ। बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ। जारी विश्वकपमा सकिव हल हसन प्रेरित बंगलादेशले ब्याटिङमा एकरुपको उत्कृष्ट प्रदर्शन गरिरहेको छ। बलिङमा केहि सुधार गर्न सके भारतलाई कडा चुनौति दिनेछ।

प्रतिक्रिया दिनुहोस्