यस्तो छ आजको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार दिउँसो प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

 

प्रतिक्रिया दिनुहोस्