लागु औषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली



काठमाडौँ । लागु औषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरीका अनुसार लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  त्यसै गरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्