उत्तर कोरियाद्वारा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण



एजेन्सी । उत्तर कोरियाले एउटा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र ९आईसीबीएम० को परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । सन् २०१७ यता पहिलो पटक उसले आईसीबीएमको परीक्षण गरेको हो ।

एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो । जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्रले अनुमानित १,१०० किलोमिटर टाढासम्म मार हान्न सक्छ जसको अर्थ हो सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्छ ।

उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको प्रक्षेपण गरेको छ । तीमध्ये केही प्रक्षेपण आईसीबीएम प्रणालीको परीक्षणको रूपमा रहेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणुअस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । यसअघि उत्तर कोरियाले गरेका त्यस्ता परीक्षणलाई लिएर राष्ट्रसङ्घले उसमाथि प्रतिबन्धहरू पनि लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्