युद्दमा आणविक हतियार प्रयोग गर्ने अधिकार कायम राख्ने रुसको चेतावनी



एजेन्सी । रुसले युक्रेनसँगको युद्दमा आणविक हतियार प्रयोग गर्ने अधिकार कायम राख्ने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकाका लागि उप–राजदुत रहेका दिमित्री पोल्यान्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले उक्साएको खण्डमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने अधिकार कायमनै राख्ने चेतावनी दिएका हुन् ।

पोल्यान्स्कीले रुसले युक्रेनविरुद्द युद्द अपराध गरेको भन्ने आरोपलाई पनि बहिष्कार गरेका छन् । हालै मात्र रुसी राष्ट्रपती पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले सिएनएनलाई दिएको एक अन्तवार्तामा रुसले अस्तित्व माथि खतरा महसुस गरेको खण्डमा मात्र आणविक हतियार प्रयोग गर्ने बताएका थिए ।

‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ, र यो सार्वजनिक छ। आणविक हतियारहरू प्रयोग गर्नुको सबै कारणहरू पढ्न सक्नुहुन्छ, यदि यो हाम्रो देशको लागि अस्तित्वको खतरा महशुस भयो भने यसलाई हाम्रो अवधारणा अनुसार प्रयोग गर्न सकिन्छ।’ पास्कोभको भनाई थियो ।

आणविक हतियारको सन्धर्वमा रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा देशको रणनीतिक तथा आणविक बलहरू उच्च सतर्कतामा राखिएको दाबी गरेका थिए । जसका कारण विश्वसमुदायमा तरगं उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्