रुसद्वारा कीभ बीचको दोस्ना नदीमा रहेको पुल ध्वस्त



एजेन्सी । रुसले युक्रेनको उत्तरी सहर चेर्निभ र राजधानी कीभ बीचको दोस्ना नदीमा रहेको पुल ध्वस्त पारेको युक्रेनका अधिकारीहरूले बताएका छन् । यसले चेर्निभदेखि कीभसम्मको यातायात सञ्चालनमा बाधा पुगेको छ।

युक्रेनको मानवअधिकार ओम्बड्सम्यान ल्युडमिला डेनिसोभले यो पुल सहरमा मानवीय सहायता पुर्‍याउन र फसेका नागरिकहरूलाई उद्धार गर्न प्रयोग भइरहेको बताए।

क्षेत्रीय प्रशासनका प्रमुख व्याचेस्लाभ चाउसले एक भिडियो बयानमा सहायता अझै पठाइने र युक्रेनको विजयपछि नयाँ पुल बनाइने बताए। बीबीसी

प्रतिक्रिया दिनुहोस्