अमेरिकाले भन्यो : युक्रेन युद्धपछि रुस कमजोर हुन्छ



एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका छन् । बिहीबार अमेरिकी रक्षा मन्त्रालयका अधिकारी कोलिन काहलले पत्रकारसँग कुरा गर्दै युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका हुन् । ‘युक्रेन युद्धपछि रुस यसअघिको भन्दा कमजोर हुने कुरा ढुक्कसँग भन्न सक्छु’, काहलले भने ।

‘सैनिक, आर्थिक, राजनीतिक तथा भू-राजनीतिक हिसाबले कमजोर हुने र थप एक्लिँदै जाने छ’, काहलले थपे । युक्रेनमा हमला गर्ने निर्णयबाट रुस पछुताउने पनि उनको भनाइ थियो । एक महिनासम्म युद्ध हुँदा रुसी सेनासँग ‘प्रिसिजन मिसाइल’को अभाव देखिन थालेको पनि उनले बताए ।

अमेरिकाले रुसलाई गम्भीर खतराको रुपमा व्याख्या गर्न लागेको पनि काहलले जानकारी दिएका थिए । तर अमेरिका लागि रुस चीन जस्तै दीर्घकालीन खतरा नभएको पनि उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्