जेलेन्स्कीको टिप्पणी : पश्चिमा मुलुकहरूले कायरता देखाए



कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् ।

हाल रुसी फौजले युक्रेनको दक्षिणी शहर मारिउपोललाई चौतफी घेराबन्दीमा पारेर व्यापक हमलाहरू गरिरहेको छ । यद्यपि उक्त शहरलाई अझै रुसी फौजले कब्जामा लिन सकेका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले बेलाबेला पश्चिमा मुलुकहरुसँग रुसी फौजविरुद्ध लड्न हतियार र अन्य सैनिक उपकरण सहयोग गर्न माग गर्दै आएका छन् । यस विषयमा युक्रेनको छिमेकी देश पोल्याण्डले युक्रेनलाई लडाकु विमान दिने प्रस्ताव पनि अघि सारेको थियो ।

उक्त प्रस्तावमा पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी नेटो सैनिक विमानस्थलमार्फत् युक्रेनलाई आफूसँग रहेका लडाकु विमान उपलब्ध गराउने बताएको थियो । यद्यपि नेटो मुलुकहरुले यस विषयमा खासै रुची देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्