रुसी सेनामाथि बलात्कार र यौन दुर्व्यवहार गरेकाे आरोप



एजेन्सी । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन्।  स्काइ न्युजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेकाे छ।

हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभ नजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो। ’उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरूकै अगाडि बलात्कार गरिएको थियो।

मादक पदार्थले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र उनकी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् ।अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन । 

प्रतिक्रिया दिनुहोस्