साङ्घाइमा पुनः चरणबद्ध लकडाउन



एजेन्सी । साङ्घाईमा कोभिड १९ नियन्त्रण गर्न चरणबद्ध लकडाउन सुरु गरिएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन्। क्रस रिभर पुल र सुरुङ बन्द गर्ने अधिकारीहरूले बताएपछि मानिसहरू अत्यावश्यक वस्तुहरू किन्न हतारिएका देखिन्थे ।

साङ्घाई सहर एउटा प्रमुख विश्वव्यापी भएकाले लकडाउनले धेरै महत्वपूर्ण सेवालाई असर गर्ने देखिएको छ। आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्माता टेस्लाले जनाएको छ। चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।

उर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) मा पाँच प्रतिशतले गिरावट आएको छ। सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ। तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरू भने खुला छन् । कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ।

सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै सङ्क्रमणका घटना देखिएका छन् । आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए । 

प्रतिक्रिया दिनुहोस्