युद्धग्रस्त दुई मुलुक रुस र युक्रेनबीच शान्तिवार्ता सुरु



एजेन्सी । युद्धग्रस्त दुई मुलुक रुस र युक्रेनबीच शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा जारी वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गरेका छन् ।

रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो ।

झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आजको वार्तामा प्रगति भएमा युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको सम्भावना बढ्ने टर्कीका राष्ट्रपति एर्दोगानले बताएको एएफपीले जानकारी दिएको छ ।

जेलेन्स्कीले पुटिनसँग सिधा वार्ताको आह्वान गर्दै आएका छन् भने रुसले उच्चस्तरीय वार्ताको समय भइनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्