सैन्य कारबाही घटाउने भन्दै रुसले झुटो प्रतिबद्धता जनाएको युक्रेनको दाबी



एजेन्सी । रुसले युक्रेनसँगको वार्तामा थप विश्वास बढाउनका लागि राजधानी किभ र चेर्निहाइभ सहरमा सैन्य गतिविधि घटाउने प्रतिबद्धता व्यक्त गरेको छ । यद्यपि, युक्रेनी अधिकारीहरूले भने रुसले झुटो प्रतिबद्धता गरेको र आफ्नो रक्षा सेनालाई त्यहाँबाट पछि नहटाउने जनाएको छ ।

आफ्नो सेनालाई भ्रामक पार्न रुसले यस्तो प्रतिज्ञा गरेका युक्रेनी सेनाले जनाएको छ । यस्तै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीभले आफ्नो रक्षात्मक प्रयास नघटाउने बताएका छन् । रुसी सेनाहरू यसअघि नै यताउता जान थालेको र डोनबास क्षेत्रमा आफू केन्द्रित हुने कुरा रुसले पहिले नै भनिसकेको युक्रेनको सशस्त्र बलका जनरल स्टाफले फेसबुकमा पोस्टमा भनेका छन् ।

केही सानो युनिट मात्रै फिर्ता लगेर सैन्य तैनाथ नर्गे रणनीति अनुसार भ्रामक पार्न रुसले यस्तो प्रतिज्ञा गरेको युक्रेनी सेनाले जनाएको छ । यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले वास्तविक रूपमा धरातलमा के हुन्छ हेरौँ भनेका छन्, भने बेलायतले रुसलाई बोलेर हैन, सेना फिर्ता लगेरै देखाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्