चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतको क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् । राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युत्बाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताएका हुन् ।

देश र जनतालाई समृद्धतर्फ लैजान विद्युत्बाट गर्नुपर्ने बताएका उनले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए । कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उनले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्