बिकिनी लगाउँदा डाक्टरकाे मेडिकल लाइसेन्स नै खोसियो



काठमाडाैं : आजकल हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं  तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही बानीले उनलाई समस्यामा पार्‍यो। उनको डाक्टरको लाइसेन्स नै रद्द गरिएको छ। उनले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलको संज्ञा दिएकी छिन्।

 

(फोटो - Facebook/Nang Mwe San)

२९ वर्षकी डाक्टर नांग मी सानले आफ्नो सोसल मिडिया अकाउन्ट फेसबुकमा विभिन्न बोल्ड तस्बिर पोष्ट गरेकी छिन् जसमध्ये धेरैमा उनले बिकिनी लगाएकी छिन्। उनका यस्तै तस्बिर म्यान्मार मेडिकल काउन्सिललाई पचेन। काउन्सिलले उनलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ।

(फोटो - Facebook/Nang Mwe San)

यस्तै, स्थानीय मिडिया रिपोर्टका अनुसार उनी यो नोटिसले अत्यन्तै दुखी र हैरान भएकी छिन्। मेडिकल प्राक्टिसका बेला आफूले कहिले पनि छोटो कपडा नलगाएको र डाक्टर बन्न आफूले लामो संघर्ष गर्नुपरेको उनले बताएकी छिन्।

(फोटो - Facebook/Nang Mwe San)

उनी फिजिशियन हुन् र चार वर्षसम्म उनले डाक्टरको रुपमा काम गरेकी थिइन्। यद्यपि, पछिल्लो दुई वर्षदेखि उनले मोडलिङको करियर अघि बढाउन डाक्टरी पेशालाई स्थागित गरेकी थिइन्। अब काउन्सिलले लाइसेन्स रद्द गरेपछि उनको समस्या बढेको छ।

(फोटो - Facebook/Nang Mwe San)

प्रतिक्रिया दिनुहोस्