एकजना पनि अपराधी नभएकाे देश, जहाँ खाली छन् जेल



काठमाडाैं : संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन्। यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस्।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ। नेदरल्याण्डको जनसंख्या १ करोड ७१ लाख ३२ हजारभन्दा बढी छ। अचम्मको कुरा के छ भने नेदरल्याण्डसँग जेलमा राख्नका लागि कोही अपराधी नै छैनन्।

सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए। सन् २०१८ सम्म यो देशमा कुनै अपराधी बचेका थिएनन्। नेदरल्याण्डको जेल बन्द हुँदा २ प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन्। सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश।

रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु बेरोजगार हुनेछन्। नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग २ हजार मानिसहरुले जागिर गुमाउनेछन्। जसमा ७ सयलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा ट्रान्सफर गरिनेछ।

यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ। त्यहाँ खाली जेलको मुद्दा यस्तो बिन्दुमा पुगेको थियो कि नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी मगाउनु परेको थियो।

त्यहाँ कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ। यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो। यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो। यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर जान्थे तब यसबारे पुलिसले सूचना पाउँथे।

 

प्रतिक्रिया दिनुहोस्