सुनको मूल्य घट्यो



काठमाडौं : आज (आइतबार) सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ । तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । 

तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।  

यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्