‘द कपिल शर्मा शो’बाट ब्रेक लिँदै कपिल, श्रीमतीका लागि चाले यस्तो कदम



‘द कपिल शर्मा शो' बाट ख्याती कमाएका भातीय हास्य कलाकार कपिल शर्मा आजकल ‘द कपिल शर्मा शो सिजन टु’ बाट सबैलाई मनोरञ्जन प्रदान गरिरहेका छन्  ।

यसैबीच कपिल शर्माले आफ्नो कार्यक्रमबाट ब्रेक लिने खबर सार्वजनिक भएको छ । कपिलले यो ब्रेक आफ्नो घरमा आउन लागेको नयाँ पाहुनाका लागि लिइरहेका छन् ।

Related image

बलिउड लाइफको रिपोर्ट अनुसार, कपिल शर्मा चाँडै नै मिनी ब्रेकमा जाँदैछन् । कपिल शर्माकी श्रीमती गिन्नी चतरथ तीन-चार महिनाकी गर्भवती छिन् । कपिल शर्मा आफ्नी गर्भवती श्रीमतीसहित बेबी मुनमा जाने योजनामा छन् । खबरका अनुसार यी दुई क्यानडा घुम्न जाने तयारीमा छन् ।

Related image

गिन्नी चतरथसँग विवाह गरेलगत्तै उनी 'द कपिल शर्मा शो'मा फिर्ता भएका थिए जसका कारण उनीहरु हनिमुनमा पनि जान पाएका थिएनन् । आफ्नी पत्नीका लागि कपिलले शोबाट ब्रेक लिन लागेको खबर  भारतीय संचार माध्यमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्