शुल्क लिएर आयोगले मतदाता नामावली उपलब्ध गराउने



काठमाडौँ । दलहरुले शुल्क तिरेर देशभरका मतदाता नामावली लिन सक्ने भएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलकाअनुसार शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको हो ।
आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो ।
निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरेअनुसार नै मतदाता नामावली उपलब्ध गराउनेबारे व्यवस्था भएको प्रवक्ता पौडेलको भनाइ छ । ‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको मतदाता नामावली उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रका आधारमा जिल्लाभरिको ३ हजार, पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्