बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा



काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याइएको छ । यो खुसीयालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

गत बुधवार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद् बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।

२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्