मुलुकमा देखापर्दै गएको आर्थिक संकटको बारेमा छलफल



काठमाडौं । सत्ता गठबन्धनको बैठकमा मुलुकमा देखापर्दै गइरहेको आर्थिक संकटको बारेमा छलफल भएको छ। मंगलबार बिहान बालुवाटारमा बसेको बैठकमा यस विषयमा गम्भीरतापूर्वक छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

मुलुकको अर्थतन्त्रमा देखा परिरहेको संकटहरुको बारेमा सरकारले गम्भीरतापूर्वक लिनुपर्यो, विज्ञहरुको सरसल्लाह लिनु पर्यो भन्ने कुरामा छलफल भयो, उनले भने ।

त्यस्तै, गत शुक्रबादेखि आइतबारसम्म भारत भ्रमण गरी फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमणको विषयमा गठबन्धनको बैठकमा ब्रिफिङ गरेका छन् ।

गठबन्धनको बैठकमा निर्वाचनको तयारीका सम्बन्धम पनि छलफल भएको छ । गठबन्धनका दलहरुबीच कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भएको खनालले बताए । त्यस विषयमा ठोस निर्णय भने भइसकेको छैन । तालमेल गर्ने भन्ने विषयमा यसअघि नै नीतिगत सहमति भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्