ज्ञापनपत्र लिएर निर्वाचन आयोग जाँदै पोखरेल नेतृत्वको टोली



काठमाडौं । नेकपा एमाले आज निर्वाचन आयोग जाने भएको छ । एमालेले आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

बिहीबार दिउँसो १ बजे एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

एमालेले निर्वाचन आयोगसँग आसन्न निर्वाचनको बारेमा छलफल गर्ने बताइएको छ । यसअघि आयोगले राजनीतिक दलका नेताहरुसँग परामर्श गरेको थियो । ३० वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा निर्वाचन आयोग र दलहरू जुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्