चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक



काठमाडौं: नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । दीपकराज गिरी फोकस गरिएका छन् । 

ट्रेलरसँगै रिलिज डेट पनि तय गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिन रिलिज हुने भएको छ । 

चलचित्र ‘छक्का पञ्जा–३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । 

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, नीर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्