सबै विदेशी मुद्राको भाउ घट्यो



काठमाण्डौ : बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ । कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १६ पैसा छ ।

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ११ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७० पैसा छ । 

प्रतिक्रिया दिनुहोस्