नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने ठूला गुफा (फोटोफिचर)



रुकुम (पूर्व) : रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् । 

गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ । अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ । यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको उहाँले बताउनुभयो । त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताउनुभयो । 

उहाँका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ । वडाध्यक्ष पुनले भन्नुभयो, “यो भन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफाहरू हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा खालका छन् ।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उहाँले बताउनुभयो । 

त्यसैगरी नजिकै अर्को गुफा रहेको छ । त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन् । जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ । जता हेरे पनि सुनजस्तै पहेँला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ । 

Image result for रुकुममा भेटियो नयाँ पर्यटकीय गन्तव्य

त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताउनुभयो । यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ । गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ । गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ ।

Image result for रुकुममा भेटियो नयाँ पर्यटकीय गन्तव्य

यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्पm त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन् । तर, स्थानीय सरकार र अहिलेका युवाहरूले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरूको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन् । 

कोल गाउँभन्दा तलतिर गुफाहरू रहेका छन् । तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ । कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाउनुभयो । निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताउनुभयो । यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ । 

जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा

यी गुफाहरू जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ । गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन् । दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए । 

अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन् । यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु एक लाख छुट्याएको वडाध्यक्ष पुनले बताउनुभयो । 

त्यसैगरी रुकुम (पूर्व)का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताउनुभयो । भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम (पूर्व)को पर्यटकीय गन्तव्यको रूपमा चिनाउने बताउनुभयो । आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रूपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री