जन्ती बसले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु



सिन्धुपाल्चोक : जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा३ख ११७ नम्बरको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर बुधबार एक महिलाको ज्यान गएको हो।

मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न खुल्न सकेको छैन। बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्