‘मिस टीन भारत’को उपाधि नेपालकी चेली निकितालाई



काठमाडौं : भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार

नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन् । मधुमेह

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्