सर्लाहीमा प्रहरीकाे गाेली लागि मारिएका सिंहकाे परिवारलाई सरकारले १० लाख राहत दिने



काठमाडौं : प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहतस्वरूप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सो घटनामा घाइते भएकाहरूको उपचारको पनि व्यवस्था पनि गर्ने बताए ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो।

प्रतिक्रिया दिनुहोस्