यौन सम्पर्कका बेला महिलाले गर्न नहुने ९ गल्ती



काठमाडाैं : सुखमय पारिवारिक जीवनका अनेकन सर्त हुन्छन्। जसमध्ये एउटा महत्वपूर्ण पक्ष यौन पनि हो। दम्पतीको यौन जीवनका लागि महिला र पुरुष दुवैकाे महत्वपूर्ण भूमिका हुन्छ। एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतारचढाव आएका कैयौं घटना छन्।

यौन सम्पर्कका बेला महिला र पुरुषबाट विभिन्न गल्ती हुन्छन्, यो पटक हामी महिलाबाट हुन नहुने गल्ती यहाँ प्रस्तुत गर्दैछौं :-

१. सरसफाइ :- कुनै पनि पुरुष यौन सम्पर्कको बेला यौनी फोहर भएको मन पराउदैनन्।

२. अँध्यारोमा यौन :- पुरुषहरु उज्यालो मन पराउँछन्। तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस्। झिलीमिली नै नभए पनि कमसेकम मैन बत्ती त बाल्नुहोस्।

३. गर्भ नियन्त्रण :- गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ। यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छ र ? कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस्।

४. सेक्सको सुनलाई प्रेमको बासना :- लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन। यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस्। ताकि प्रेममय यात्रा होस् न। भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो।

५. आनन्दसँग पौडिनुहोस् :- टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस्। तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति मुभ दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ। काममै समर्पित राख्नुहोस्।

६. यौन सामग्री हेर्न मात्रै :- यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन्। यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ।

७. अंगालोमा लुटुपुटिने अपेक्षा :- कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन्। उसको शरीर पूरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ। यो तपाईंको विरुद्धमा होइन। उसको विशेषता हो। यसलाई त्यसरी नै बुझ्नुहोस्।

८. चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु :- आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न ब्यर्थ हुन्छ। तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस्।

प्रतिक्रिया दिनुहोस्