सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता



काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिले पुनः उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्थाको रिटमा अन्तिरम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा ‘सरकारी खर्चको दुरुपयोग नहोस् र पदको लाभ लिएर जनप्रतिनिधिहरुले निर्वाचन प्रभावित नपारून्’ भनेर आचारसंहितामा यस्तो व्यवस्था राखिएका जनाउँदै अन्तरिम आदेश खारेज हुनुपर्ने दावी गरेको छ । आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने समेत जिकीर गरेको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए । शेर्पाले यही ७ चैतमा आयोगको आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले चैत ८ गते अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले उक्त आचारसंहिता रोक्न आदेश गरेको हो । सो आदेशविरुद्ध आयोगले महान्यायाधीवक्ता कार्यालयमार्फत भ्याकेटको निवेदन दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्