खोटाङमा पहिरोले बेपत्ता बनाएका तीन जनाको शव फेला



खोटाङ : खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको पहिरोमा परि बेपत्ता ३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईकी श्रीमती रेखा राई, ३ वर्षीया छोरा रोमन राई र ७ महिने छोरा रोजन राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताए।

इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशी नेतृत्वको प्रहरी र स्थानीयवासीले आमा र दुई छोराको शव पहिरोबाट निकालेको हो। विष्णुलाई भने पहिरोमा किचिएको अवस्थाबाट आफन्तले उद्धार गरेको वाप्लुखाका वडाध्यक्ष दिपेन राईले बताए।

प्रतिक्रिया दिनुहोस्