युवती हत्या प्रकरण : पक्राउ परेका घनेन्द्रलाई बाल सुधार गृहमा पठाउन आदेश



पाँचथर : सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका घनेन्द्र लाओतीलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ। हत्या गरेको आरोपमा पक्राउ परेका हिलिहाङ–६ का घनेन्द्र लाओती नाबालक भएको भन्दै पाँचथर जिल्ला अदालतले बाल सुधार केन्द्रमा पठाउन आदेश दिएको हो।

हिलिहाङ गाउँपालिका–६ सिते जङगलमा गएको असार ३ गते इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी सुजाता तामाङको घाँटी रेटी हत्या भएको थियो। २१ वर्षीय तामाङको हत्या गरेर लाओतीले उनको साथबाट ८१ हजार ७ सय रुपैँया नगद समेत लुटेको र पैसा लुट्नकै लागि हत्या गरेको बयान दिएका थिए।

लाओतीको उमेर १९ वर्ष भन्दै सर्वस्वसहित जन्म कैदको माग गर्दै जिल्ला अदालत पाँचथरमा अभियोग पत्र दर्ता गराइएको थियो। जन्मदर्ता र उनले अध्ययन गरेको विद्यालयको प्रमाण जुटाएर हेर्दा १७ वर्ष ७ महिना मात्रै उमेर देखिएको अदालतले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्