मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन



काठमाडौं । मलेसिया–११ लाई ७ विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ।

भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

रुपन्देहीका प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाए। यस्तै सन्दिप रजाइली ४१ रनको योगदान गरे। मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन मात्र बनायो।

मलेसियाको नर्जरिल रहमानले सर्वाधिक ३६ रन बनाए। त्यस्तै जुबैदी जुलफुक्लेले २६ रनको योगदान गरे। रुपन्देहीका लागि बसिर अहम्मदले दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्