जनकपुर टि–२० को उपाधीका लागि धनुषा रोयल र जनकपुर क्रिकेट भिड्ने



जनकपुरधाम । जनकपुर टि–२० को उपाधीका लागि धनुषा रोयल क्रिकेट एकेडमी र जनकपुर क्रिकेट एकेडमी भिड्ने भएको छ।

धनुषा रोयलले रोयल रोयल जनकपुर क्रिकेट एकेडमीलाई १ सय १७ रनको विशाल अन्तर र जनकपुर क्रिकेट एकेडमीले जयनगर टिमलाई ३ विकेटले पराजित गरेर फाइनलसम्मको यात्रा पूरा गरेको छ।

धनुषा रोयलले दिएको २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको रोयल जनकपुरलाई ८७ रनमा समेटिएको थियो। रोयल जनकपुरका लागि श्रृजन भण्डारी १२ र रोशन पुलामी मगरले १३ रन बनाउनु बाहेक कुनै ब्याट्समैन दोहरो अंकको स्कोर बनाउन सकेनन्।

रोयल जनकपुरलाई सस्तैमा समेट्न सानु देवकोटाले ४ विकेट लिन सफल भए। यस अघि ब्याटिंग गरेको धनुषा रोयलले इमरान शेखको ८७ रनको अर्धशतकिय पारीको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको विशाल स्कोर खडा गरेको थियो।

त्यस्तै अर्को सेमिफाइनलमा जयनगरले दिएको १ सय ४३ रनको लक्ष्य जनकपुर क्रिकेट एकेडमीले ७ विकेटको क्षतिमा पूरा गरेको थियो। जनकपुरका लागि शोभाकान्त पाण्डे र रंजित यादवयले ३७–३७ रनको योगदान गरे। जयनगरका लागि प्रभात चड्डाले ३ विकेट लिए।
जयनगरले पहिले ब्याटिंग गर्दै नौशाद अलीको ६९ रनको सहयोगमा निर्धारित २० ओभरमा १ सय ४२ रनको स्कोर खडा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्