विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं : आज आइतबार शुक्रबारको तुलनामा विदेशी मुद्राको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको छ ।

आज आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ । शुक्रबार खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८पैसा रहेको थियो ।कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । शुक्रबार खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ छ । शुक्रबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको थियो। आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ ।

शुक्रबार खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६पैसा थियो । आइतबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ १० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०७ पैसा छ ।

शुक्रबार खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा छ । शुक्रबार खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्