बुन्डेस लिगा : बायर्नलाई ९ अंकको अग्रता



काठमाडौं । अर्मेनिया विलेफिल्डलाई ३-० अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले नौ अंकको अग्रता बनाएको छ । स्पस्ट नौ अंकको अग्रतासँगै गत साता च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न बुण्डेस लिगा उपाधि नजिक रहेको छ ।

बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले १-१ गोल गरे । यस्तै, एक गोल अर्मेनिया विकेफिल्डका ज्याकोव बारेट लाउरसेनले आफ्नै पोस्टमा गरे । जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्डको ६३ अंक सहित दोस्रो स्थानमा छ । पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्