यौन इच्छा बढाउन के के खाने ?



काठमाडाैं : यौन मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो। मानिसलाई खुसी बनाउन पनि यौन सन्तुष्टि आवश्यकता पर्दछ। निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौनइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो। तर, धेरै अवस्थामा यौनइच्छा नहुन पनि सक्छ।

यौनइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन्। नेपाल पुरुषप्रधान देश भएकाले पनि पुरुषका इच्छा चाँडो पूरा हुने र महिलाको इच्छा गौण अवस्थामा रहन्छन्। यही गौण अवस्थाका कारण महिलामा यौनइच्छा कम हुँदै जाने समस्या बढ्दो रहेको चिकित्सकहरुले बताउँछन्।

यौन जिज्ञासा समाधान गर्ने चिकित्सकसँग धेरै पुरुषले आफ्नो श्रीमतीको यौनइच्छा नहुने गरेको गुनासो गर्ने गरेका छन्। यस्तो अवस्थामा उपचार के हुनसक्छ महिला र पुरुष दुवैलाई थाहा हुनु आवश्यक छ। यौनइच्छा बढाउन केही खानेकुरा नियमित सेवान गरे पुग्ने चिकित्सकहरु बताउँछन्। ति खानेकुराबाट पाउने पोषक तत्वले यौनइच्छा बढ्ने चिकित्सकहरुको भनाई छ।

भिटामिन डी :- भिटामिन डी मानिसको शरीरका लागि आवश्यक तत्व हो। यसको कमीले शरीरका हड्डी कमजोर हुनुका साथै महिलामा युटीआईमा पनि समस्या हुने गर्दछ। यो समस्याले महिलाको तल्लो पेट दुख्न सक्छ। त्यसैले यौनइच्छा बढाउन र सुखमय यौनजीवन बनाउनका लागि शरीरलाई चाहिने भिटामिन डी को सेवन गर्नु आवश्यक छ।

भिटामिन सी :- भिटामिन सीले मानिसमा हुने तनाव कम गर्न मद्दत गर्दछ। जसका कारण मानिसको स्वास्थ्य तथा यौनसम्बन्धका लागि पनि उपयुक्त हुन्छ। त्यसैले पनि बिहान उठेपछि मनतातो पानीमा राखेर कागती पानी पिउने, नियमित अमला खाने बानी गर्नु राम्रो हुन्छ।

फाइबर :- फाइबरजन्य खानेकुराबाट शरीरमा एस्ट्रोजन श्राव रोक्न मद्दत गर्दछ। जसका कारण महिनावारीको समयमा हुने पीडा कम हुन्छ। यसले महिलामा हुने पिसावसँग सम्बन्धित समस्या समाधान हुनुका साथै यौनइच्छा बढाउन पनि मद्दत गर्दछ।

म्याग्नेसियम :- यो तत्वले शरीरको मासुलाई दह्रो बनाउने काम गदर्छ। जसका कारण मानिसको दैनिकी सहज बन्छ भने, यौनसम्पर्क गर्न मन नलाग्ने समस्या पनि हट्छ। त्यसका लागि प्रत्येक दिन ३२० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खानु उपयुक्त हुन्छ।

यसरी तपाईंले आफ्नो गुमेको यौनइच्छा फर्काउन सक्नुहुनेछ भने जीवन सुखमय हुन्छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन्

काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा

काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण

काठमाडौं : चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम