विदेशी मुद्राको भाउ कति छ ?



काठमाडौं : मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको थियो ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ ।

हिजो खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको थियो। आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८४ रुपैयाँ छ । सोमबार खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ रहेको थियो।  

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३१ पैसा छ । हिजो खरिददर ३६१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०८ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ०९ पैसा र बिक्रीदर २९१ रुपैयाँ ६८ पैसा छ । हिजो खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३०  पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्