मनोनयनको समय आइतबार र सोमबार बिहान १० बजेदेखि



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ। आयोगको सूचनाअनुसार आइतबार र सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्न सकिने छ।

विगतमा एक दिन मात्रै मनोनयनको लागि छुट्याइने गरेको थियो। यसपटक भने दुई दिन समय राखिएको छ। विगतको कठिनाइलाई ध्यानमा राख्दै दुई दिन समय राखिएको आयोगले बताउँदै आएको छ। तर एमालेले भने यसलाई शंकाको दृष्टिले हेर्दै आलोचना गर्ने गरेको छ।
एक दिन समय राख्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थनीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले यसपटक मनोनयन गर्ने समय २ दिन राखिएको आयोगले विज्ञप्तिमार्फत् स्मरण गराएको छ।

प्रतिक्रिया दिनुहोस्