च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको फराकिलो जित, जेससको ह्याट्रिक



काठमाडौं : युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

म्यान्चेस्टर सिटी युक्रेनको शख्तर डोनेक्सलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै समूह एफबाट नकआउट चरण नजिक पुगेको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीका लागि ब्राजिलियन स्ट्राइकर गाब्रियल जेससले ह्याट्रिक पूरा गरे ।

उनले दुई गोल पेनाल्टीमा गरे भने एक गोल खेलको अन्तिम मिनेटमा गरेका थिए । त्यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियद मेहेरेजले एक एक गोल गरे । जितसँगै सिटीको ९ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्