काठमाडौंमा दुई, विराटनगरमा एक र पोखरामा एकले गरे मेयरमा मनोनयन दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् । उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।

प्रदेश १ को विराटनगर महानगरपालिकाको मेयरमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर–१० का अध्यक्ष थिए । यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गणेश पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पौडेल लेखक तथा स्तम्भकार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्