युक्रेनी ट्यांकहरू खार्किभ हुँदै रुसी भूमिमा पस्न खोजे



एजेन्सी । युक्रेनी ट्यांकहरू शुक्रवार खार्किभको देरगाचेभ हुँदै रुसी भूमिमा पस्न खोजेका छन् । युक्रेन र रुसको सीमामा पर्ने नेखोतीभ्का चेकपोइन्टबाट १० वटा युक्रेनी ट्यांक पस्ने कोशिश गरेका थिए ।

तीमध्ये आठवटालाई रुसी सेनाले ध्वस्त पारेको छ भने दुईवटा युक्रेनतर्फै फर्किएका छन् । अर्को सूचना जारी नगरुन्जेलका लागि नेखोतीभ्का चेकपोइन्ट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्