आईपीएल : मुम्बईको लगातार आठौं हार



काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ ।आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ।

जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो।

लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए। यस्तै मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए। जितसँगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अङ्क बनाएर  चौथो स्थानमा छ।  मुम्बई ८ खेलमा जित विहीन हुँदै पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्