विश्वकै सबैभन्दा जेष्ठ नागरिक महिलाको ११९ वर्षको उमेरमा निधन



एजेन्सी । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानी सरकारी अधिकारीका अनुसार सन् १९०३ मा जन्मेकी काने ताकानाको १ सय १९ बर्षको उमेरमा आज निधन भएको हो ।

काने ताकानाले जन्म लिएको बर्ष नै राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी ताकानाकोको स्वास्थ्यमा समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए ।

उनका चार सन्तान रहेकोमा नाती पनाती र खनाती गरी ३० भन्दा बढी सन्तान रहेका छन् । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्