पश्चिमा राष्ट्रले युक्रेनलाई सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्छ : रुस



एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको विषय उठाउदै विदेशमन्त्री लाभारोभले यस्तो चेतावनी दिएका छन् ।

विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुले युक्रेनमा पठाएको हतियारको निशाना रुसी सेना भएको बताएका छन । उनले नाटोले रुससँगै युद्ध चाहेको देखिएको समेत बताएका छन । रुसी सेनाले युक्रेनमा हतियार पठाउने ६ वटा च्यानल ध्वस्त बनाएको जानकारी पनि विदेशमन्त्री लाभारोभले दिएका छन । यता युक्रेना विदेशमन्त्री दिमिट्रो कुलेबाले भने रुसी विदेशमन्त्रीको यो भनाइले रुसले युक्रेन युद्ध हारेको संकेत दिने व्याख्या गरेका छन ।

डोनवास क्षेत्रमा आक्रमण जारी राखेको रुसी सेनाले पछिल्लो समय युक्रेनलाई हतियार पठाउने मार्गहरुमा अवरोध पुर्याउनेतर्फ ध्यान केन्द्रित गरेको छ । रुसी सेनाले त्यस्ता ६ वटा रेलमार्ग नष्ट गरको छ । रुस र युक्रेनबीचको युद्ध जारी भएको आज ९मंगलबार० ६२औं दिनमा प्रवेश गर्दा समेत युक्रेनले हार नमानी रुसको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्