चीनको सांघाइमा निरन्तर कोरोनाका संक्रमित बढ्दै



एजेन्सी । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु निरन्तर बढ्दै छ। अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन्। चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।

यी संक्रमित सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ। हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्। चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ। चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ।

यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ। ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्