गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त



काठमाडौं : चर्चित नेपाली पप गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त भएका छन् । झापाको कचनकबल गाउँपालिकाले गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । 

त्यस्तै सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ । साथै गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाैला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ का लागि ४७ करोड ६० लाखको बजेट पारित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्