भरतपुरका वागी उम्मेदवार पौडेलको गृहमन्त्रीलाई जवाफ : ‘उम्मेदवारी फिर्ता हुन्न’



चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् । आज बिहान गृहमन्त्री खाणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको ९गृहमन्त्री खाँणको० भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’ उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्