उमेदवारको मुख नभई चुनाव चिह्न हेरेर मतदान गर्न बिश्वप्रकाशको आग्रह



काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा कांग्रेसका उमेदवारको मुख नभएर चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उमेदवारहरूको मुख नहेरी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन् । व्यक्तिमा असन्तुष्टि भए पनि पार्टीलाई मत दिनुपर्नेमा उनले जोड दिए । पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिपरेको उनको भनाइ छ । उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना रहेको बताए । एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुलोमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्