प्रदेश प्रहरीको अत्याधुनिक तालिम केन्द्र खुल्ने



जनकपुरधाम : मिथिला बिहारी नगरपालिकामा प्रदेश प्रहरीको अत्याधुनिक तालिम केन्द्र खुल्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवकाअनुसार तालिम केन्द्रको लागि जग्गाको सम्झौता समेत भइसकेको छ ।

 

मन्त्री यादवका अनुसार अत्याधुनिक तालिम केन्द्रको लागि अर्थ मन्त्रालयसँग सुरुमा ७० लाख रकमसमेत माग गरिएको छ । अबको दुर्इ वर्षभित्र हाम्रो प्रदेश प्रहरीको आफ्नै तालिम केन्द्र हुने मन्त्री यादवको विश्वास छ ।

 

तालिम केन्द्र समयानुकूल अत्याधुनिक र प्रविधियुक्त हुनेछ ।  द नेपाल टपसँग कुरा गर्दै मन्त्रीयादवले भने, 'प्रदेशको विपद् व्यवस्थापन सम्बन्धमा पनि हामी अघि बढिसकेका छाैं र  ११ वर्षे  दीर्घकालीन योजनालाई मूर्तरूप दिन कार्य हुँदै छ ।'

साथै १६ ओटा तालिम प्राप्त कुकुर पनि तालिम केन्द्रका लागि उपलब्ध गराइएकाे यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस्